३ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

तीन मन्त्रीको राजीनामा, प्रधानमन्त्रीले सम्हालिन कार्यभार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई राजीनामा स्वीकार गरेका छन् ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उनीहरूले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले अस्थायी रूपमा सम्हाल्ने गरी तोकिएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यक अनुसार यस निर्णयले संविधान अनुसार प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रिपरिषद्का कार्यभार सुचारु रहोस् भन्ने उद्देश्य राखिएको छ ।
राजीनामा प्रक्रिया २०८२ साल माघ ६ गते मङ्गलबार सम्पन्न भएको र यस सम्बन्धमा आवश्यक कानूनी प्रक्रिया पूरा भइसकेको उल्लेख गरिएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।