६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

चुनावबारे रेणु दाहालः प्रतिस्पर्धा त हुन्छ नै, डराउने प्रश्न छैन

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सामान्य चुनावमा आफू नडराउने प्रतिक्रिया दिएकी छिन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने तयारीमा रहेकी उनले सोमबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानी क्रममा यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले आफू यसपटकको निर्वाचनबाट तरंगित नभएको पनि दाबी गरेकी छिन् ।

उनले भनिन्, ‘कसै न कसैसँग त भिड्नैपर्छ । हिजो पनि भिडेरै आएको हो । हिजो पनि काठमाडौं–१ मा हेभिवेट प्रकाशमानसँग भिडेरै आएको हो । हो पराजित भएँ,’ दाहालले भनिन्, ‘भिड्नसँग डराउँदिन । हिजो पनि भिडेरै आएको हो । सामान्य चुनावमा डराउने कुरा होइन ।’

चितवनको सोही क्षेत्रमा रास्वपाले नेतृ सोबिता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसैपनि यो क्षेत्रको चुनावी परिणाम रोचक हुने आँकलन गरिएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।