काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो उम्मेदवारी कुनै दललाई लक्षित नभई कर्णालीको आवाज ओझेलमा पार्ने प्रवृत्तिविरुद्ध भएको बताएका छन्।
आगामी निर्वाचनलाई लिएर सामाजिक सञ्जालमार्फत धारणा राख्दै शाहीले चुनाव जितेर संसद पुगेपछि पनि कर्णालीका सवाललाई बेवास्ता गर्ने नेताहरूको आलोचना गरेका छन्।
उनले स्पष्ट पारेका छन् कि आफ्नो उम्मेदवारी दलगत प्रतिस्पर्धाभन्दा माथि रहेर कर्णालीको विकास, सम्भावना र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उठाउने उद्देश्यका साथ अघि बढेको हो।







