१० पुष २०८२, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरू

५ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरू भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले हिउँदे अधिवेशन आह्वान गरेपछि सुरू भएको छ ।

हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बसेको छ । पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रदेशसभा सदस्यहरुले शुभकामना आदानप्रदान गरेका छन् ।

पहिलो र दोस्रो अधिवेशनमा प्रदेशसभालाई विजनेश दिन नसकेको सुदूरपश्चिम प्रदेश सरकारले हिउँदे अधिवेशनको पहिलो बैठकमा समेत कुनै विद्येयक सभामा दर्ता गरेको छैन ।
प्रदेशसभा सचिवालयले सरकारले कुनै विद्येयक दर्ता नगरेका कारण पहिलो बैठकमा शुभकामना आदानप्रदान मात्रै भएको जनाएको छ ।

शुभकामना आदानप्रदानपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभाको बैठक माघ ९ गते बस्नेगरि स्थगित गरेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।