३ फाल्गुन २०८२, आईतवार
मनोरन्जन

नरेश जोगीले ल्याए थारू भाषाको गीत ‘प्यारके सर्दी’

२७ पुस, काठमाडौं । थारू भाषाको गीत ‘प्यारके सर्दी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार नरेश जोगीको युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा अन्नु चौधरी र नरेश जोगीले स्वर दिएका छन् भने शब्द रचना नरेश जोगीकै रहेको छ । यस गीतको एरेन्ज गणेश चौधरीले गरेका छन् ।

यसैगरी गीतको म्युजिक भिडियोमा नरेश जोगी र प्रतिभा चौधरी मुख्य भूमिकामा देखिएका छन् ।

गीतको निर्देशनक र कोरियोग्राफी विक्रम चौहानले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका छन् । गीतको सम्पादन मिलन विश्वकर्मा, ड्रोन अजय रेग्मीले गरेका छन् ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,