७ पुष २०८२, सोमबार
मुख्‍य समाचार लुम्बिनी समाज

व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी

घोराही दाङ, २ पुसः घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाएका छन् ।

रासायनिक विषादी प्रयोग नगरी खेतीमा लाग्नुभएका सिभिल इन्जिनियर उहाँले यसमा रु एक करोड लगानी गरिसकेका छन् । चार बिघा १० कट्ठाबाट खेती सुरु गरेका ४१ वर्षीय लोहनीले यसलाई छ बिघा विस्तार गरेका छन् ।

उद्यमी लोहनीले सञ्चालन गरेको बगैँचामा ‘सुन कागती–१ जातका करिब दुई हजारभन्दा बढी बिरुवा रोपिएका छन् । उनी भन्छन्, सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गर्दछ । हाल कागती जिल्लाको घोराही बजारसँगै काठमाडाँै पनि पठाउने गरेको छ ।

बगैँचामा १० जनाले रोजगारी पाएका छन् । खेती बढाउने सोचमा रहेका उनले प्रतिकट्ठा वार्षिक रु तीन हजार तिर्ने गरेको बताए । उनले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन् । तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्ने उनको लक्ष्य छ ।

काठमाडौँमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा सेवा गरेका उद्यमी लोहनीले भन्नुभयोे, “सागसब्जीका तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कम हुने र उत्पादन पनि अधिक हुने भएकाले कागतीखेतीमा लागेको हुँ । गत वर्ष प्रतिकिलो रु एक सय ५० सम्म मूल्य पाएको कागती यस वर्ष रु ८० मा झरे पनि खेतीप्रति निराश हुनुपर्ने अवस्था नरहेको उनी बताउछन ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व