११ माघ २०८२, आईतवार
खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ ।

पहिलो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।

काठमान्डुले आज लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । ६ खेलबाट ४ खेल जित्दै ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ ।

आजको खेल जित्न सके काठमान्डुले प्लेअफमा स्थान सुरक्षित गर्नेछ ।

पोखरा एभेन्जर्सले छैटौं खेल खेल्दैछ । पोखरा पाँचमध्ये २ खेल जितेर चार अंक जोड्दै पाँचौं स्थानमा छ ।

आजको खेल उसका लागि प्लेअफमा पुग्ने सम्भावना जीवित राख्नका लागि महत्त्वपूर्ण छ । दोस्रो खेलमा भिड्न लागेको सुदूरपश्चिम रोयल्स अहिलेसम्म अपराजित छ । आज उसले छैटौं खेल खेल्दैछ ।

सुदूरपश्चिम १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । उसले प्लेअफमा स्थान पनि सुरक्षित गरिसकेको छ ।

चितवन राइनोजले पनि  छैटौं खेल खेल्दैछ । उसले २ खेल जितेर ४ अंक जोड्दै छैटौं स्थानमा छ ।  चितवनका लागि पनि प्लेअफमा पुग्न आजको खेल महत्त्वपूर्ण छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected