७ पुष २०८२, सोमबार
कोशी खेलकुद मुख्‍य समाचार समाचार

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापा, १७ मङ्सिरः जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ ।
अर्जुनधारा नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजना र लक्ष्मी माध्यमिक विद्यालयको सहआयोजनामा आजदेखि यही मंसिर २१ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताका लागि अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदानमा कोर्ट र प्यारापिट निर्माण गरिएको छ । कोर्टका लागि म्याटको अभावमा मैदानलाई स्तरोन्नति गरिएको विद्यालयका अध्यक्ष वीरबहादुर राईले बताए । विद्यालय परिसरमै एक हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ ।
आजको पहिलो खेलमा नेपाल एपिएफ क्लब र एभरेस्ट लुम्बिनी क्लबबीच तथा दोस्रो खेल न्यू डायमण्ड क्लबविरुद्ध कोशी प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्दैछ । मङ्सिर १८ गते पहिलो खेल नेपाल एपिएफ क्बल र त्रिभुवन आर्मी क्बलबीच हुनेछ । त्यस्तै सोही दिन दोस्रो खेलमा न्यू डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
मङ्सिर १९ गते पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । सोही दिन दोस्रो खेल कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगितामा सहभागी छ टोलीलाई दुई समूहमा बाँडिएको छ । समूह ए मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छ । त्यस्तै समूह बि मा न्यु डायमण्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।
मङ्सिर २० गते पहिलो सेमिफाइनल खेल समूह ए को विजेता र समूह बि को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल खेल समूह बि को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ । फाइनल खेल मङ्सिर २१ गते हुनेछ । प्रतियोगिताको विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुने टोलीले रु ३० हजार राशिको पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले रु पाँच हजार नगद र ट्रफी प्राप्त गर्नेछन् । बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले रु १० हजार तथा ट्रफी प्राप्त गर्नेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected