१५ चैत्र २०८२, आईतवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ, १६ मङ्सिरः जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग एनपिएल मा अर्धशतक बनाउने २०औँ खेलाडी बनेका छन् । उनले आज चितवन राइनोजकाविरुद्ध २४ बल खेल्दै तीन छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।

यसअघि आजै जनकपुरविरुद्घ पहिलो इनिङमा चितवनका ओपनर ब्याटरद्वय डेविड मलान र अर्जुन साउँदले पनि अर्धशतक प्रहार गरेका थिए । जारी प्रतियोगितामा हालसम्म अर्धशतकको सङ्ख्या २४ पुगेको छ ।

जारी प्रतियोगितामा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई तथा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह र ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल र बसिर अहमद, पोखराका सुमित बर्मा, एडम रोसिङटन र जिमी निशम, काठमान्डू गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति र आशिफ शेखले एक÷एक अर्धशतक बनाएका थिए । कर्णालीका मार्क वाट जारी प्रतियोगितामा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected