७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सर्वसम्मत प्रतिनिधी छनोटले पार्टी एकताको सन्देश

बाजुरा । नेकपा एमाले बाजुराले सर्वसम्मत प्रतिनिधी छनौटले पार्टी एकताको सन्देश दिएको जनाएको छ । १६ जना महाधिवेशन प्रतिनिधी छनौटमा कुनै प्रकारको विवाद नभई सहज रुपमा सर्वसम्मत प्रतिनिधी छनौट भएको एमाले बाजुराले जनाएको हो।

प्रेस चौतारी नेपाल बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले सर्वसम्मत प्रतिनिधी छनौटले पार्टीमा कुनै विवाद भएको प्रष्ट पारेका हुन्। उनले बाहिर गरिएको हल्ला र भ्रम जस्तो विभाजन र विवाद एमाले भित्र नरहेको दाबी समेत गरे ।

लोकतन्त्रको सर्वश्रेष्ठ सर्वसम्मतीको विधीलाई कार्यान्वयन गर्न एमाले बाजुरा सफल भएको अध्यक्ष ओलीको भनाइ थियो ।नेकपा एमाले बाजुराले पार्टीको ११ औं महाधिवेशनका लागि मंसिर १३ गते ७ जना खुला, ४ जना महिला, ४ जना दलित र एक जना ४० मुनिको युवा गरि १६ जना प्रतिनिधी सर्वसम्मत चयन गरेको छ ।

यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११ औं महाधिवेशनका लागि बाजुराबाट १६ जना प्रतिनिधी छनोट भएका हुन् ।

खुला, महिला, दलित र युवा कोटा गरी जम्मा १६ जना प्रतिनिधी सर्वसम्मत छानिएका हुन्।प्रतिनिधी छनोटमा खुला तर्फ ७ जना छन् । जसमा लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्मी, गगन रावल भरत थापा, मनलाल विष्ट, मेघराज शाही छन् ।

महिला तर्फ ४ जना छन्, जसमा सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र बसन्ती गुरुङ । दलित तर्फको ४ जनाको कोटामा काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्कीलाई छनोट गरिएको हो ।त्यस्तै ४० वर्ष मुनिको युवा कोटामा प्रभावशाली युवा नेता नरेश रोकाया सर्वसम्मत बनेका हुन् ।

प्रेस चौतारी बाजुरा अध्यक्ष लक्ष्मीराज पाध्यायको अध्यक्षतामा सञ्चालन भएको सम्मेलनमा पार्टी सचिव काशी विकले महाधिवेशन प्रतिनिधीको आधिकारीक सूची प्रस्तुत गरेका थिए । कार्यक्रममा पार्टीका विभिन्न नेता कार्यकर्ता र पत्रकारको सहभागी रहेको थियो।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।