११ माघ २०८२, आईतवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

काठमाडौँ, १२ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दैछन् ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेर चितवन प्लेअफको आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौँले भने चारमध्ये दुई खेलमा जीत निकालेको छ । आजको खेल नजिते काठमाडौँलाई प्लेअफ पुग्न कठिन हुने देखिन्छ । यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected