११ माघ २०८२, आईतवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः अर्धशतक बनाउने विनोद भण्डारी नवौँ खेलाडी

काठमाडौँ, ११ मङ्सिरः सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर विनोद भण्डारीले नेपाल प्रिमियर लिग एनपिएल मा अर्धशतक हिर्काएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय खेल मैदानमा जारी लुम्बिनी लायन्सविरूद्धको खेलमा उनले ३७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

भण्डारीको यो सिजनमा पहिलो अर्धशतक हो । योसँगै जारी प्रतियोगितामा अर्धशतक हिर्काउने उनी नवौँ खेलाडीसमेत बनेका छन् । यसअघि चितवन राईनोजका रवी बोपराले तीन, पोखरा एभेनजर्सका कुशल भुर्तेलले दुई अर्धशतक हिर्काएका छन् ।

बोपरा र भुर्तेलसँगै सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, सुदूरपश्चिमका हरमित सिंह, विराटनगर किंग्सका ब्याटरद्वय लोकेश बम र मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पञ्चाल र जनकपुर बोल्ट्सका आशिफ शेख पनि अर्धशतक हिर्काउनेको सूचीमा छन् । कर्णालीका मार्कवाट मात्रै जारी प्रतियोगितामा शतक हिर्काउने खेलाडीको सूचीमा छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected