११ माघ २०८२, आईतवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल सात विकेटले पराजित

काठमाडौँ, ७ मङ्सिरः नेपाल पहिलो दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज श्रीलङ्काको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा ग¥यो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो । जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ रन बनायो ।

भारत र श्रीलङ्कामा आयोजित प्रतियोगितामा नेपाल र भारतसँगै अष्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका पनि सहभागी थिए ।

फाइनलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन बनाइन् ।

यसप्रकारको क्रिकेटमा प्लास्टिकको ‘ह्वाइट बल प्रयोग हुन्छ । बलभित्र ब्यारिङ प्रयोग गरिएको हुन्छ, जसको सहायताले ब्याटर बलको अवस्था थाहा पाउँछ । बलरले ब्याटरलाई सोधेर मात्रै बलिङ गर्नुपर्ने हुन्छ । क्रिकेटमा पनि सामान्य जस्तै ११ खेलाडी हुन्छन् । तर चार जना पूर्ण रुपमा दृष्टिबिहीन हुनुपर्ने नियम छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected