८ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज दुई रोचक खेल हुँदैछन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो खेलमा  चितवन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने भएका छन् । खेल बिहान ११ः४५ बजे हुनेछ ।

यस्तै आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् । यी दुई टिम अपरान्ह ४ बजे भिड्नेछन् ।

चितवन राइनोजको नेतृत्व कुशल मल्लले गर्नेछन् भने कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गर्नेछन् । त्यसैगरी, विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानी टिम हो भने पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल हुन् ।

सोमबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले उत्कृष्ट सुरुआत गरिसकेको छ भने सोसँगै काठमाडौंले अंकतालिकामा दुई अंक समेत जोडेको छ ।

मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको यो प्रतियोगिता मंसिर २७ सम्म हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected