१० माघ २०८२, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

रेडियन्ट कप बास्केटबल प्रतियोगिता आजदेखि सुरु

काठमाडौं । ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आजदेखि सुरु हुँदैछ ।

रेडियन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा हुने उक्त प्रतियोगिता हुन लागेको हो भने प्रतियोगितामा ४९ टिमले सहभागिता जनाउने भएका छन् ।

रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले विभिन्न ३ विधामा ४९ टिमको सहभागिता  निश्चित भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २५ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज र सिनियर गल्र्सलाई ४ समूहमा विभाजन गरिने छ । सिनियर ब्वाइजमा प्रत्येक समूहको विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने छन् । बाँकी २ विधाका समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने रेडियन्टका संयोजक दिलिप कार्कीले बताए । मंसिर १० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

पत्रकार सम्मेलनमा रेडियन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवर, आईटी इन्चार्ज विनोद कार्की र प्रोग्राम को–ओर्डिनेटर वर्षाकुमारी आचार्यको उपस्थिति रहेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected