८ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार विशेष समाचार समाचार

एनपीएल सिजन–२ मा टिकटबाट १२ करोड उठाउने क्यानको योजना, एनपीएलको तयारी पूरा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा टिकटबाट १२ करोड रुपैयाँ उठाउने योजना बनाएको छ।

क्यानले शनिबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।

मंसिर १ गतेदेखि सुरु हुने एनपीएल सिजन–२ प्रतियोगिताको तयारी पूरा भएको पनि क्यानले जनाएको छ । पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ ।

क्यानले उद्घातन दिनको टिकट मुल्य एक हजार र १५०० तोकेको छ । फाइनल र प्लेअफको लागि एक हजार र दुई हजार तथा सामान्य दिन पाँच सय र एक हजार टिकट तोकेको छ ।

त्यस्तै, क्यानले दोस्रो संस्करणमा ३५ करोड भन्दा बढी पैसा उठ्ने अनुमान गरेको छ ।

क्यानका अनुसार हालसम्म १५ करोड ३० लाख प्रायोजकबाट, नौ करोड सहभागी टिमहरुबाट, ओटिटीबाट उठेको पैसाबाट पाँच करोड ३० लाख कटाएर बाँकी रहेको पैसाको ७१५ क्यानलाई ८ देखि १२ करोड टिकटबाट उठ्ने अनुमान छ ।

एनपीएलको उद्घाटन खेल मंसिर १ गते जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ । उक्त खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected