८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

श्रमिकहरुको क्षमता विकासमा सबैको सहयोग आवश्यक ः अध्यक्ष कुँवर

काठमाडौं । नेपाल टे«ड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले श्रमिकहरुको क्षमता विकास गर्न सबैको सहयोग आवश्यक रहेको औंल्याएका छन् ।

सोमबार नेपाल टे«ड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले श्रमिकहरु स्वदेश या विदेश जहाँ गएपनि गरेर खान सक्ने बनाउन क्षमता विकासमा ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले श्रमिकको क्षमता वृद्धि गराउनुको साथै शिक्षालाई सीपसँग जोड्यो भने सहजीकरण हुने बताए । उनले सरकारको तर्फबाट रोजगारीलाई उद्यमशिलतासँग जोड्दा रोजगारीका लागि प्रोत्साहन मिल्ने बताए ।

उनले भने,‘रोजगारीको वातावरणका लागि श्रमिकहरुलाई क्षमतामा वृद्धि गराउन पर्यो । तलिम दिनुपर्यो । जसका कारण उनीहरु स्वदेश या विदेश जहाँ गएतापनि गरेर खान सक्ने हुनुपर्यो,’ उनले अगाडि भने,‘अहिले शिक्षा क्षेत्र खस्किदो छ । १५ बर्ष लगाएर पढ्छौँ तर ६ महिनाको तालिम लिएर काम गर्न जान्छौँ । त्यसैले शिक्षालाई सीपसँग जोड्न सक्नुपर्छ । त्यसका लागि सबैको सहयोग आवश्यक छ ।’

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।