८ माघ २०८२, बिहीबार
खेलकुद समाचार समाज

एनएसएल : पहिलो हाफमा धनगढी र ललितपुरको १-१ गोलको बराबरी

१४ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३को फाइनल खेलमा पहिलो हाफसम्म आइपुग्दा धनगढी एफसी र ललितपुर सिटी ले १-१गोल बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फाइनल खेलमा धनगढी एफसीले खेलको पहिलो हाफ सकिँदा धनगढी एफसी र ललितपुर सिटीले १-१ गोलको बराबरी खेलेका हुन् ।

खेलको ३७औ मिनेटमा आफिज ओलावाले गोल गर्दै धनगढीलाई अग्रता दिलाए । अहमद हिजाजीले हानेका प्रहार ललितपुरका जेफ्री बाल्टुसले पूर्ण रुपमा क्लियर गर्न नसकेपछि रिबाउण्ड आएको बलमा ओलावालेले वान टचमै गोल गरे ।

यस्तै खेलको ४५+११ मिनेटमा ललितपुरले बराबरी गोल फर्कायो । करिब २० यार्डमा पाएको फ्रिकिकमा ललितपुरका इमोह इजेकेलले गोल गरे । उनले फस्ट बारमा हानेको प्रहार धनगढीका किपर मोहमद ताहाले रोक्ने अवसर नै पाएनन् ।

फाइनल खेलको पहिलो हाफमा दुवै टोलीले एक एक गोल गरेका छन् । दुवै टिमका विदेशी खेलाडीले गोल गरे । धनगढीले पहिले अग्रता दिलाएपनि इन्जुरी टाइमको अन्तिममा ललितपुरले बराबरी गोल फर्काएको हो । अब दोस्रो हाफमा कसले गोल गर्ला ? त्यो हेर्न बाँकी छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected