९ माघ २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

आईसिसी विश्वकप लिग–२ : घरेलु मैदानमा यूएईको लज्जास्पद हार

काठमाडौं ।  आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा यूएईले अमेरिकासँग लज्जास्पद हारको सामना गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा अमेरिकाले दिएको २९३ रनको लक्ष्य पछ्याएको यूएई ४९ रनमा अलआउट भएको हो । यूएई अमेरिकासँग २४३ रनले पराजित भएको हो ।

अमेरिकाले ५० ओभरमा तीन विकेट गुमाउदैँ २९३ रन बनाएको थियो । २९३ रनको लक्ष्य पछ्याएको यूएईका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । २२ ओभर १ बलको सामना गर्दा यूएईले सबै विकेट गुमाएको थियो ।

लिग दुईको यो शृङ्खलाको आयोजकसमेत रहेको यूएईले अब अर्को खेल बुधबार नेपालसँग खेल्दैछ । लिग २ को अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ । अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको यूएईले ८ अंक मात्र बनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected