१० पुष २०८२, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा शिवनारायण चन्द्रपाल

सर्लाही । नेपाल क्रिकेट लिग (एनपीएल) को गत संस्करणका विजेता जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पूर्व क्रिकेटर शिवनारायण चन्द्रपाललाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

बोल्ट्स व्यवस्थापनले उनको नेतृत्वमा टोलीले आफ्नो प्रदर्शन र सफलता निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।

१६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका चन्द्रपालले २१ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट जीवनमा २० हजार भन्दा बढी रन बनाएका छन् । उनी विश्व क्रिकेटका स्थायी र धैर्यशील ब्याट्सम्यानमध्ये एक मानिन्छन् ।

चन्द्रपालले क्यारेबियन प्रिमियर लिग (सिपिएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग (बिपिएल), च्याम्पियन्स लिग टी–२०, र इन्डियन प्रिमियर लिग (आईपिएल) मा समेत खेलिसकेका छन् । उनले काउन्टी क्रिकेटमा पनि लामो समय बिताएका थिए ।

सन् २०२२ मा ५१ वर्षको उमेरमा उनले सिपिएल फ्रेन्चाइज जमैका तलवाहजको प्रशिक्षकका रूपमा आफ्नो नयाँ यात्रा सुरु गरेका थिए । त्यही वर्ष उनी अमेरिकी महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक बनेका थिए ।

‘चन्द्रपाल जस्ता दिग्गज क्रिकेटरको आगमनले टोलीमा नयाँ ऊर्जा, दृष्टि र रणनीति थपिने विश्वास लिइएको र उनको अनुभवले जनकपुर बोल्ट्सलाई पुनः विजयी यात्रामा अगाडि बढाउने बिश्वास लिइएको जनकपुर बोल्ट्सले जनाएको छ ।’

यस्तै, क्लबले गत संस्करणमा टोलीलाई च्याम्पियन बनाएका प्रशिक्षक पुबुदु दासानायकेप्रति आभार व्यक्त गरेको छ । दासानायके हाल अमेरिकी राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected