९ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

पदभार ग्रहणपछि महावीरले भने : मन्त्रालयमै बस्छु, आफैं पकाएर पनि खान्छु

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् ।

आज सोमबार शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर पुनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि बोल्दै उनले मन्त्री क्वाटर र सरकारबाट प्राप्त हुने सेवा नलिने भन्दै मन्त्रालयको गाडी पनि कामबाहेक अन्त प्रयोग नगर्ने बताएका छन् ।

उनले भने, ‘मलाई मन्त्री क्वाटर चाहिंदैन् । सचिवज्यूलाई म अहिले नै के निर्देशन दिन चाहन्छु भने यही एउटा कोठा बनाउनु, त्यहाँ एउटा खाट भए पुग्छ । एउटा टेबुल र एउटा कुर्सी भए हुन्छ । म जहाँ गएपनि जुन ठाँउमा काम गरेको त्यही बस्ने बानी छ । म आफंै पकाएर खान पनि सक्छु । मैंले सुरक्षाकर्मीहरुलाई पनि भनेको छु, मन्त्रालयबाट बाहिर जाँदा मेरो पछि आउनु पर्दैन् । मेरो आफ्नो गाडी नभएको हुँदा मन्त्रालयको गाडी भने आउनजान प्रयोग गर्छु । अन्त कतै जानको लागि मन्त्रालयको गाडी प्रयोग गर्दिन् ।’

यस्तै, उनले समितिहरु बनाउने कुरामा नाम मात्रको समिति नबनाउने भन्दै सानै काम भएपनि ठोस हुनुपर्ने बताए ।

उनले भने, ‘समिति मात्र बनाएर हुँदैन् । पहिला यसमा आर्थिक स्रोत खोज्नुपर्छ । सँधै मन्त्रालयमा अड्किने कुरा भनेको नै पैसा छैन् भनेर हो । नाम मात्रको पनि समिति नहोस् । समिति बनाउने काम नगर्ने हाजिर गर्ने, दुई चार पटक मिटिङ् बस्ने अनि जे कुरा पनि पैसाले रोकिने गर्नु भएन् । म यो समितिको सदस्य भनेर भिजिटिङ् कार्डमा राखेर मात्र भएन । के जे काम गरेपनि ठोस हुनुपर्यो, चाहे सानै होस् ।’

शिक्षा ऐनको बारेमा आफूलाई ज्ञान नभएको भन्दै यसबारे विज्ञहरुलाई इमान्दारिपूर्वक सुझाव दिनुपर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘शिक्षा ऐनको बारेमा केही थाहा छैन् । यो कस्तो ऐन बनाएको हो  थाहा छैन् । त्यसको लागि विज्ञहरुको टोली बनाउछु । उहाँहरुले जस्तो सुझाव दिनु हुन्छ त्यो अनुसार अगाडि बढ्ने हो । सबै कुरा मैंले भनेको हुनुपर्छ भनेर म भन्दिन् । आज म सबैलाई आह्वान गर्छु विज्ञहरुलाई एकदमै इमान्दारिपूर्वक सुझाव दिनुहोस । सबैको बुद्धि जम्मा पारेर अगाडि बढौ भन्ने हो ।’

उनले विज्ञान मन्त्रालयले अझसम्म केही काम गर्न नसकेको भन्दै अब ६ महिनामा केही न केही काम भने गर्ने पनि बताए ।

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।