२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

समिति बैठक : परिणाम दिनेगरी सरकारलाई सहयोग गर्नुपर्ने सुझाव

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आगामी योजना तथा कार्यक्रम सम्बन्धमा छलफल गरिएको छ ।

आइतबार बसेको समितिको बैठकमा आगामी योजना तथा कार्यक्रमका विषयमा समिति सदस्यहरुसँग छलफल गरिएको हो ।

बैठकमा बोल्दै समिति सभापति माया प्रसाद शर्माले समितिले सरकारलाई सहयोगको अनुभुति हुनेगरी परिणामसहित काम गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी सचेतापूर्वक अगाडि बढ्दा उपयुक्त हुन्छ । जव कि काम पनि गर्नुछ र परिणाम पनि निकाल्नुछ । काम गरेर परिणाम निकाल्ने समयमा राष्ट्रिय सभाका समितिहरुले हाम्रो सहयोगका लागि काम गरेको भन्ने राज्यलाई पनि परोस् । त्यहाँबाट सपोर्ट पनि होस् ।’

उनले बैठकहरु आवश्यकतामा बस्न सक्ने र निर्णयहरु लिन सक्ने भएकाले छलफल र सल्लाह अनुरुप जाने बताए ।

‘दल र सरकारप्रति आन्दोलनकारी त्यति सकारात्मक छैनन् । त्यसकारण सचेतापूर्वक काम गरौं । बैठक बस्दा उपसमितिको बैठक कस्तो हुन्छ, समितिको बैठक कस्तो हुन्छ, दशैसम्म वा तिहारसम्म कति बस्छौ त्यसमा छलफल गरौं । उपसमिति र समितिका बैठकहरु आवश्यकतामा बस्न सक्ने र निर्णयहरु लिन सक्ने भएकाले सल्लाह गर्दै जानु उपयुक्त हुन्छ,’ उनले भने ।

यस्तै बैठकमा बोल्दै समिति सदस्य मदन कुमारी शाहले भनिन्,‘समितिले आगामी दिनमा राजनीतिक दलहरुलाई खवरदारी गर्नुपर्ने र निर्वाचन हुने वातावरण राजनीतिक दलहरुले निर्माण गनुपर्छ भनेर आव्हान गर्नुपर्छ । समयमा निर्वाचन होस् भनेर सरकार समक्ष पनि खवरदारी गनुपर्छ,’

उनले २०४६ पछि बनेका सरकार, प्रशासनिक क्षेत्रलगायत सम्पूर्ण उच्च पदस्थमा रहेका व्यक्तिहरुको सम्पत्ती छानविन सरकारले गर्नुपर्ने धारणा राखिन् । यसका लागि उच्चस्तरीय छानविन आयोगको समेत गठन हुनुपर्ने उनले बताइन् ।

 

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।