२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

धनगढीमाथि झापाको शानदार जित

४ पुस, काठमाडौं । धनगढी एफसीको अपराजित यात्रा रोक्दै झापा एफसीले नेपाल सुपर लिग एनएसएलमा शानदार जित निकालेको छ ।

बुधबार धनगढीलाई २-० ले हराउँदै झापाले शानदार जित निकालेको हो । जितसँगै झापा १० अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ र उसको प्ले अफ सम्भावना कायम रहेको छ ।

झापालाई जिताउन अञ्जन विष्टले ५३ औं तथा समिराज थोकरले ७६ औं मिनेटमा गोल गरेका थिए ।

छिरिङ लामाले दायाँ भागबाट दिएको क्रसमा अन्जनले बक्स भित्रबाट हेडमार्फत गोल गरे । जारी सिजन अन्जनको यो पहिलो गोल हो ।

यस्तै ७६ औं मिनेटमा थोकरले अर्को गोल थपेर झापाको अग्रता दोब्बर पारे । सुरुमा धिरज थतालीले प्रदीप लामालाई पास दिएका थिए । प्रदीपले जोर्ज सान्चेजलाई पास दिए । सान्चेजले हानेको बलले गोल लाइन क्रस गर्नै लाग्दा समिराजले टच गर्दै गोल गरे ।

७९ मिनेटमा झापाका धिरज थताली रेड कार्ड पाउँदै बाहिरिए पनि झापाले दबाब महसुस गरेन ।

हारपछि पनि धनगढीको प्ले अफ संभावना कायमै छन । धनगढीको ७ खेलबाट १२ अंक छ र उ तालिकाको दोस्रो स्थानमा छ ।

झापा चौथो स्थानमा उक्लिएपछि डिफेन्डिङ च्याम्पियन काठमाडौ रेजर्स पाँचौं स्थानमा झरेको छ ।

आजको खेलको नतिजाले बुटवल लुम्बिनी एफसी र चितवन एफसीको प्ले अफ पुग्ने संभावना सकिएको छ । स्पोर्टिङ्ग इलामको प्ले अफ यात्रा यसअघि नै सकिएको थियो । ९ टिम सहभागी प्रतियोगिताका शीर्ष ४ टिम प्ले अफमा पुग्ने छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected