२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा छ : संघीय मामिलामन्त्री देवी

३ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छिन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले संघीय निजामती ऐन मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुने चरणमा रहेको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘अब हाउसमा छलफल भएको कुरामा समन्वयात्मक छलफल गरेर अघि बढ्नेछौँ । सरकारको सम्पती भनेर मन्त्रालयले जिम्मा लगाइसकेको छ । मन्त्रालयमा फिर्ता भएर आएको छैन, संसदमा दर्ता हुने क्रममा छ ।’

उनले निजामती ऐन कुनै राजनीतिककर्मीले ड्राफ्ट नगरेको र विभिन्न तहका विद्वत वर्गले तयार पारेको बताइन् । उनले संसदमा दर्ता भएसँगै सरोकारवाला निकायहरुसँग समन्वय र छलफल गरेर आफूहरु अघि बढ्ने प्रतिवद्धता जनाइन् ।

उनले भनिन्, ‘जुन समयमा मैले मन्त्रालय सम्हालेँ त्यतिखेर निजामती ऐन अन्तिम चरणमा थियो । निजामती ऐन कुनै राजनीतिककर्मीले ड्राफ्ट गरेको पनि होइन, उहाँहरु जस्तै विद्वानले गर्नुभएको छ । कुनै राजनीतिककर्मीले गरेको भए अलि प्रश्न आउँथे तर उहाँहरुजस्तै विज्ञहरुले, पेशाकर्मीहरुले गर्नुभएको हो ।’

मन्त्री देवीले पशु चिकित्कसको हक अधिकार सुनिश्चित गर्न सरकार तत्पर रहेको बताइन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।