९ फाल्गुन २०८२, शनिबार
गण्डकी मुख्‍य समाचार समाज

पहिरोले एक परिवार विस्थापित

गलकोट बागलुङ, २९ भदौः बागलुङ नगरपालिका–८ सिगानामा पहिरो खस्दा एउटा गोठ पुरिएको छभने एक परिवार विस्थापित भएका छन् ।

सिगाना पाखाबारीस्थित रामबहादुर खड्काको घरमाथिबाट आएको पहिरोले गोठ पुरेको छभने घरमा आंशिक क्षति पुर्याएको छ । अहिले घरबाट सामग्री स्थानान्तरण गरिएको छ ।

परिवारलाई सुरक्षित ठाउँमा सारिएको बागलुङ –८ सिगानाका वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए । वडाध्यक्ष कार्कीका अनुसार घरमाथिबाट हालै सडक विस्तार गरिएकाले चट्टानसहितको ठूलो पहिरो खसेको थियो । पहिरोले सिगानाको विद्युत् वितरणको मुख्य ट्रान्सफर्मरमा समेत क्षति पुर्याएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व