Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘नेपाली फुटबलले स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म सफलता हाँसिल गर्दै गएको छ’

News and Updates
4 घण्टा अघि

काठमाडौं । अखिल नेपाल फुटवल संघ(एन्फा)का प्रवक्ता सुरेश साहले नेपाली फुटबलको अवस्था व्यवसायिक रुपमा सुधार हुँदै गएको दाबी गरेका छन् । स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म फुटबलले सफलता हासिल गर्दै गएको उनको भनाइ छ ।

‘पछिल्लो समय एन्फाले फुटबल अथवा व्यवसायिक हिसाबले खेललाई स्थानीय तहदेखिनै व्यवसायीकरणका रुपमा अगाडि बढाएको छ । फुटबलप्रति आम जनताको चासो पनि बढेको छ र खेलकै कारण नेपाली चिनिन् थालेको छ,’ उनले भने,‘एन्फाले एएफसीको मापदण्ड वा खेलमैदानको मापदण्डहरुलाई फरक फरक तरिकाले गाइडलाइन बनाएर अगाडि बढाएको छ,’ प्रवक्ता साहले भने ।

उनले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा नेपालले ६० वटाजति म्याचमा सहभागिता जनाएको बताउँदै उनले टिममा युवा खेलाडीहरु समावेश गराउने प्रक्रिया जारी रहेको बताए । महिला र युवा खेलाडीलाई एन्फाले सँधै प्रोत्साहित गर्ने उनको भनाइ छ ।

‘हिजो र आजको अवस्था तुलना गर्दा महिला खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । अन्तर्राष्ट्रिय स्तरमामहिला खेलाडीहरुले विदेशमा गएर राम्रो नाम कमाएको छन्। राम्रा क्लबहरुबाट खेलिरहेका छन् ।यि सबै कुरा हेर्दा फुटबल व्यवसायिक हुँदै गएको छ,’ उनले भने,‘कतिपय प्रश्नहरु खेलाडी पलायन भए भन्नेपनि छ । त्यसको के कति कारण होलान । यसमा राज्यले पनि सोच्नुपर्ने विषयहरु छन् ।’

उनले नयाँ ‘ए’ डिभिजनको लागि तयारी पनि सुरु भएको जानकारी दिए । ‘हामी हाल व्यस्त तालिका अनुसार काम गरिरहेका छौं । परिणाम राम्रो नआएपनि हाम्रो उपस्थिति दरोरुपमा देखाएका छौं । रेफ्री वा कोचको कुरा गर्दा त्यसको अभाव हुन दिएका छैनौं । हिजो स्थानीय तहमा कोचहरुको अभावहरु थियो । तर तीन वर्षको दौरानमा चारसय जति कोच र रेफ्री, विभिन्न तहका तीनसय जति रेफ्रीहरु साथै एक्टिभ रेफ्रीहरु दुईसय रहेको देखिन्छ,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया