२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार

‘नेपाली फुटबलले स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म सफलता हाँसिल गर्दै गएको छ’

काठमाडौं । अखिल नेपाल फुटवल संघ(एन्फा)का प्रवक्ता सुरेश साहले नेपाली फुटबलको अवस्था व्यवसायिक रुपमा सुधार हुँदै गएको दाबी गरेका छन् । स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म फुटबलले सफलता हासिल गर्दै गएको उनको भनाइ छ ।

‘पछिल्लो समय एन्फाले फुटबल अथवा व्यवसायिक हिसाबले खेललाई स्थानीय तहदेखिनै व्यवसायीकरणका रुपमा अगाडि बढाएको छ । फुटबलप्रति आम जनताको चासो पनि बढेको छ र खेलकै कारण नेपाली चिनिन् थालेको छ,’ उनले भने,‘एन्फाले एएफसीको मापदण्ड वा खेलमैदानको मापदण्डहरुलाई फरक फरक तरिकाले गाइडलाइन बनाएर अगाडि बढाएको छ,’ प्रवक्ता साहले भने ।

उनले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा नेपालले ६० वटाजति म्याचमा सहभागिता जनाएको बताउँदै उनले टिममा युवा खेलाडीहरु समावेश गराउने प्रक्रिया जारी रहेको बताए । महिला र युवा खेलाडीलाई एन्फाले सँधै प्रोत्साहित गर्ने उनको भनाइ छ ।

‘हिजो र आजको अवस्था तुलना गर्दा महिला खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । अन्तर्राष्ट्रिय स्तरमामहिला खेलाडीहरुले विदेशमा गएर राम्रो नाम कमाएको छन्। राम्रा क्लबहरुबाट खेलिरहेका छन् ।यि सबै कुरा हेर्दा फुटबल व्यवसायिक हुँदै गएको छ,’ उनले भने,‘कतिपय प्रश्नहरु खेलाडी पलायन भए भन्नेपनि छ । त्यसको के कति कारण होलान । यसमा राज्यले पनि सोच्नुपर्ने विषयहरु छन् ।’

उनले नयाँ ‘ए’ डिभिजनको लागि तयारी पनि सुरु भएको जानकारी दिए । ‘हामी हाल व्यस्त तालिका अनुसार काम गरिरहेका छौं । परिणाम राम्रो नआएपनि हाम्रो उपस्थिति दरोरुपमा देखाएका छौं । रेफ्री वा कोचको कुरा गर्दा त्यसको अभाव हुन दिएका छैनौं । हिजो स्थानीय तहमा कोचहरुको अभावहरु थियो । तर तीन वर्षको दौरानमा चारसय जति कोच र रेफ्री, विभिन्न तहका तीनसय जति रेफ्रीहरु साथै एक्टिभ रेफ्रीहरु दुईसय रहेको देखिन्छ,’ उनले भने ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected