२१ फाल्गुन २०८२, बिहीबार
राजनीति

नेपाली कांग्रेसको शेखर–गगन पक्षको भेला सुरु

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरिएको हो ।

भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी छन् ।

यो भेलामा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल हुनेछ ।

यसअघि लामो समयदेखि यो समूहको यस प्रकृतिको भेला हुन सकेको थिएन । गत वर्षको माघमा पनि संस्थापनइतर समूहले यस्तै भेला आयोजना गरेको थियो ।

मंगलबार बस्ने भनिएको भेला नेताहरुबीच विवाद भएपछि आजका लागि सारिएको हो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।