७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति

आफ्नो मुद्दामा पनि विद्यार्थी नेताहरु भाषण गर्न महासंघको मञ्च कुरेर बस्नुभयो’

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तोलालाई ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार सिंहदरबारमा संयुक्त विद्यार्थी संगठनका पदाधिकारीहरले प्रमुख सचेतक बर्तौलालाई शिक्षा विधेयकनेपालको संविधान र आम नागरिकको नैसर्गिक अधिकार विरूद्ध रहेको भन्दै ‘निशुल्क र समान शिक्षा’ को माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।

प्रस्तावित शिक्षा विधेयकले नेपालको शिक्षालाई चरम निजीकरणतर्फ धकेल्दै सार्वजनिक शिक्षालाई तहसनहस पार्ने स्थिति सिर्जना भएको संगठनको ठहर छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख सचेतक बर्तौलाले ७०–७२ लाख विद्यार्थीको कमाण्ड गर्ने  संगठन, शिक्षा विधेयकको सम्बन्धमा यति लामो समयसम्म चुप बसेको भन्दै आपत्ति जनाए । विधेयक दर्ता भएपछि छुटाउन नमिल्ने विषयहरुमा सामुहिक संसोधन मात्र संगठनले राखेका भए त्यसमा छलफल हुने बताउँदै उनले समितिले विधेयक पास गरेपछि मात्र संगठन झस्किएको धारणा राखे ।

उनले भने,‘७०–७२ लाख विद्यार्थीको कमाण्ड गर्ने त्यत्रो ठूलो स्टेक होल्डरहरुको वास्तबमा अगुवाई गर्ने विद्यार्थी आन्दोलन लामो समय यो शिक्षा विधेयकको सम्बन्धमा तपाईहरु बेखबार हुनुभयो । तपाईहरु मान्नुहोस् या नमान्नु यो छलफल आज भएको होईन् । विधेयक दर्ता भएपछि यी–यी विषय तपाईहरुले कसै गरेपनि छुटाउन पाउनुहुन्न भनेर सामुहिक संसोधन मात्र राख्नुभएको भए हरेक दिन छलफल हुँदा संगठनले पेस गरेको संसोधनमाथि छलफल गर्नेथियौं । तर मुद्दाहरु ठिक ठाउँमा आउन सकेन् । समितिले पास गरेपछि झल्याँस्स बिउँझिएर आउनुभयो ।’

त्यस्तै उनले विधेयमाथि असन्तुष्टि जनाएर शिक्षक महासंघले काठमाडौंमा ठूलो प्रदर्शन गर्दा समेत विद्यार्थी नेताहरु महासंघले आन्दोलन गर्देला र मञ्चमा गएर भाषण गरौंला भनेर कुरेर बसेको आरोप लगाए । उनले आफ्नो मुद्दाको बारेमा आफ्नो मञ्च बनाएर खबरदारी गर्न विद्यार्थी संगठन तयार नभएको टिप्पणी गरे ।

उनले भने,‘विद्यार्थी संघका साथिहरुले कति सम्म ख्याल गर्नुभएन भने शिक्षक महासंघले काठमाडौंमा ठूलो प्रदर्शन गर्नुभयो । कहिले शिक्षा महासंघले आन्दोलन गर्देला र उहाँहरुको मञ्चमा गएर भाषण गरौंला भनेर विद्यार्थी संघका नेताहरु कुरेर बस्नुभयो । आफ्नो मुद्दाको बारेमा आफ्नो मञ्च बनाएर यी विषयमा खबरदारी गर्न तयार भएनन् ।यस्तो विषयमा ठूला भनिएका संगठनहरु झन् जिम्मेवार बन्नुपर्छ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।