७ माघ २०८२, बुधबार
अर्थ बागमती मुख्‍य समाचार

सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गर्दै ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ ।

यस आईपीओमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कम्पनीका कर्मचारीका लागि ४३ हजार ५६० कित्ता शेयर छुट्याइएको छ । बाँकी शेयर सर्वसाधारणका लागि खुला हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालयमार्फत तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत गर्न सकिनेछ ।

मुक्तिनाथ क्यापिटल लिमिटेडले यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको छ । आईपीओ निष्कासन छिट्टोमा भदौ २९ गते र ढिलोमा असोज ३ गते बन्द हुने जनाएको छ ।

यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको थियो ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने