४ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

अफगानिस्तान भुकम्पः मृत्यु हुनेको सङ्ख्या ८ सय पुग्यो

काठमाडौं । अफगानिस्तानको पूर्वी भागमा आइतबार राति गएको शक्तिशाली भूकम्पले ८१२ जनाको मृत्यु भएको छ भने २ हजार ८१७ जना घाइते भएका छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प ६.१ म्याग्निच्युड रहेको थियो । स्थानीय समयअनुसार आइतबार राति ११ः४७ बजे जालालाबाद (नंगरहार प्रान्त) नजिकै, करिब २७ किलोमिटर टाढा, ८ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको बताइएको छ ।

अफगानीस्तानको अन्तरिम सरकारका प्रवक्ताका अनुसार सबैभन्दा ठूलो क्षति कुनार प्रान्तका नुर्गल, सुकी, वाटापुर र चापा दारा जिल्लामा भएको छ । नुर्गल क्षेत्रका एक स्थानीयले चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) सँग कुरा गर्दै गाउँका घर पूर्णरूपमा ध्वस्त भएको बताए ।

“आइतबार मध्यरातमा आएको भूकम्प निकै शक्तिशाली थियो । हामीले करिब २०० घाइतेलाई हेलिकोप्टरमार्फत जालालाबादको अस्पतालमा पु¥यायौं, अझै पनि ३०० देखि ३५० जना भग्नावशेषमुनि फसेका छन् । हाम्रो गाउँका सबै घर ध्वस्त भएका छन्,” वादिर गाजीअबाद गाउँका बासिन्दा जद्रानले बताए ।

स्थानीय भौगोलिक कठिनाइका कारण उद्धारमा समस्या भइरहेको जनाइए पनि उद्धार टोली र राहत संस्था प्रभावित क्षेत्रमा पुगेर कार्य तीव्र पारिरहेको अधिकारीहरूले बताएका छन् ।

 

भूकम्प प्रभावित स्थानीयहरूले अन्तर्राष्ट्रिय सहयोगको माग गरेका छन् ।

“हाम्रो सरकारका अधिकारीहरू तुरुन्तै सहयोगका लागि पुगेका छन्, जसका लागि हामी आभारी छौं । तर हामी अन्तर्राष्ट्रिय समुदायलाई अझै सहयोगका लागि आग्रह गर्छौं,” जद्रानले भने ।

वादिर गाजीअबादका अर्का बासिन्दा मोहम्मद इब्राहिमले भने, “मेरो परिवारका २५ जना सदस्य भूकम्पमा मारिए र अझै भग्नावशेषमुनि छन् । म अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको अपिल गर्छु, अल्लाहले यसका लागि उनीहरूलाई पुण्य दिनुहुनेछ ।”

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण