२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

‘टी ट्वान्टी’ शृङखलाः दोस्रो खेलमा नेपाल ‘ए’ विजयी

काठमाडौँ, १३ भदौः ‘टी ट्वान्टी’ शृङखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको छ ।

भारतको गुवाहाटीमा भएको खेलमा नेपाल ‘ए’ले घरेलु टोली आसामलाई ९६ रनले पराजित गर्दै जारी शृङ्खलामा पहिलो जित दर्ता गराएको हो । नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याएको आसामको पारी १५ दशमलव २ ओभरमा ७७ रनमै समेटियो । आसामका लागि रुहिनन्दन पेगुले सर्वाधिक १७ रन, शिवशङ्कर रोयले १६ तथा आकाश सेनगुप्ताले १० रन बनाए ।

बलिङतर्फ नेपालका युवराज खत्रीले चार, बसिर अहमदले तीन तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७३ रनको योगफल बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३५ रनको योगदान दिए । त्यसैगरी पवन सर्राफ र देव खनालले समान ३१/३१ रन बनाए भने बसिर अहमदले २७, विवेकुमार यादवले अविजित २६ तथा आदिल आलम अन्सारीले १४ रन बनाए ।

बलिङतर्फ आसामका लागि आकाश सेन गुप्ताले तीन, अभिनव चौधरीले दुई तथा आयुशमान मालाकार र अभिलश गोगोईले एक÷एक विकेट लिए ।

बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डकवर्थ लुइस पद्दति ९डिएलएस० का आधारमा आसामसँग १५ रनले पराजित भएको थियो । यससँगै नेपाल ‘ए’ र आसामसँगको पाँच खेलको उक्त शृङ्खलामा १–१ को बराबरी भएको छ । शनिबार तेस्रो खेल हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected