२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति

शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् : डा.यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार शुभम ईन्टरनेशनल हस्पिटल प्रालिको समुद्घाटन समारोहमा बोल्दै उनले शिक्षित र स्वस्थ नागरिक रहेमात्र देशको विकास हुने भन्दै अहिले शिक्षा र स्वास्थ्य सम्बन्धी कानून नबनेको बताएका हुन् ।

उनले भने, ‘विद्धानहरु, शिक्षाविद्हरुले भनिरहनुभएको छ, राम्रो कानून आइरहेको छैन । जुन देशले शिक्षित नागरिक र स्वस्थ्य नागरिक उत्पादन गर्न सक्दैन । त्यो देश बन्न सक्दैन । कहावत छ, देशको एउटै कुराले कुन कुराले देश बनाउन सकिन्छ त्यो शिक्षा हो ।’

उनले शिक्षित र स्वस्थ नागरिक संसारकै शक्तिशाली जनशक्ति भएकाले देशकै ठूलो पूँजी रहेको धारणा राखे ।

 

 

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।