२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

जिम्मेवार वहन गर्न नसक्ने नक्कली कम्युनिष्ट हो : वामदेव गौतम

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले सिधै जनतामा पुग्ने जिम्मेवारी खोजेको बताएका छन् ।

सोमबार ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी पार्टीका भित्री कुरा आफूलाई थाहा नभएको भन्दै आफूले जिम्मेवारी खोजेको बताएका हुन् ।

उनले भने, ‘मैले जनतामा सिधै गइहाल्ने जिम्मेवारी खोजेको हुँ । जनतामा सिधै जाने माध्यम के हुन सक्छ र समाजवादी पार्टीमा त्यस्तो के छ सबै थाहा छैन । त्यसको पहिचान खोजिरहेको छु ।’

नेता गौतमले समाजवादीका नेताहरु काठमाडौंकेन्द्रित भएको भन्दै पार्टीले प्रत्येक सदस्यले एउटा जिम्मेवारी वहन गर्नदिनुपर्ने बताए ।

‘काठमाडौं उपत्यका भित्र समाजवादीका नेताहरु छन् । थल्लो तहमा त निश्चय पनि नेताहरु छैनन् । तल्लो तहमा नेता छैन भन्ने मलाई लागेको पनि छ । त्यसैले पार्टीको प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी वहन गर्नुपर्छ,’ उनले भने ।

यस्तै उनले कम्युनिष्ट पार्टीका सदस्यले जिम्मेवारी वहन गर्न नसक्ने भए त्यो नक्कली कम्युनिष्ट हुने बताए ।

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।