३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता : उहाँमाथि विभेद भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्  । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले लामिछानेलाई भैरहवा पुगेर भेट्न चाहेको भए पनि समय नमिलेको कारण त्यहाँ जान नपाएको बताए ।

प्रचण्डले लामिछानेको काठमाडौंको बसाइ भैरहवा कारागारको भन्दा राम्रो रहेको टिप्पणी गरे । उनले लामिछानेसँग भएको कुराकानीमा पछिल्लो समय उनीमाथि गरिएको व्यवहार र विभेदका विषयमा लामिछानेले असन्तुष्टि व्यक्त गरेको जानकारी दिए ।

‘मेरै जस्तो केसमा अरूले उन्मुक्ति पाउने, अझ गम्भीर मुद्दा भएकाहरू उम्कने तर मलाई मात्रै लखेटिएको गुनासो उहाँको थियो,’प्रचण्डले भने, ‘अहिले पनि मसँग राख्नुभयो, सदनदेखि सडकसम्म बोलेको कुरा उहाँलाई थाहा थियो, मैले त्यो दोहोर्याएँ ।’

लामिछानेले अदालतले तोकेको धरौटी राखेर मुद्दा लड्न चाहँदा पनि त्यस्तो सुविधा नपाएको भन्दै सरकार र सत्तारूढ गठबन्धनले आफूलाई अनुदार र विभेदकारी व्यवहार गरेको बताएका थिए ।

‘उहाँमाथि भएको विभेद कम होस्, उहाँलाई सहज वातावरण बनोस् भन्ने चाहना हो,’प्रचण्डले भने, ‘तर उहाँले के महसुस गर्नुभएको रहेछ भने कांग्रेस र एमालेले जसरी व्यवहार गरे, त्यसले उहाँ र उहाँको पार्टीलाई राजनीतिक रूपमा फाइदा नै पुगिरहेको देख्नुभएको रहेछ ।’

भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।