८ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

टप इन्ड सिरिजमा नेपालले मेलबर्न रेनगेड्सलाई ३३ रनले हरायो

काठमाडौं ।  अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जीत हासिल गरेको छ । नेपाली टोलीले बुधबार आफ्नो पाँचौं खेलमा मेलबर्न रेनगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो ।

नेपालले टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो ।

मेलबर्न रेनगेड्सलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर सोमपाल कामी एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा केवल १५ रन खर्चिए । उनले अन्तिम ओभरमा दुई विकेट लिए । कुशल भुर्तेलले पनि दुई विकेट लिए । साहब आलम र रुपेश सिंहले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि, पहिले ब्याटिङ गरेको नेपालले सन्तोषजनक शुरूआत गर्न सकेको थिएन । नेपाली टोलीका कप्तान रोहित पौडेलसँगै नियमित ओपनर आसिफ शेख, प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेलगायतका खेलाडी मेलबर्न रेनगेड्स एकेडेमीविरुद्धको खेलमा मैदानमा ओर्लिएका थिएनन् ।

ओपनर कुशल भुर्तेल एक रन बनाउँदै पेभेलियन फर्किए । अर्का ओपनर भीम सार्की पनि १७ रनभन्दा अगाडि बढ्न सकेनन् । तेस्रो नम्बरमा क्रिज सम्हाल्न आएका आरिफ शेख पनि १२ रनमै आउट हुँदै पेभेलियन फर्किए ।

अनुभवी खेलाडी दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे । उनले २८ बलको सामना गरी दुई चौका हिर्काए ।

जारी प्रतियोगितामा नेपाली टोलीले हात पारेको यो दोस्रो जीत हो । यसअघि, आफ्नो चौथो खेलमा नेपाली टोलीले होबर्ट हरिकन्स एकेडेमीलाई ६६ रनको फराकिलो अन्तरले हराएको थियो । नेपाली टोली तीन खेलमा भने पराजित भएको थियो ।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली टोली बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले हारेको थियो । तेस्रो खेलमा नेपाली टोली मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । टप इन्ड सिरिज अगस्त २४ तारिखसम्म सञ्चालन हुनेछ ।

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected