४ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

भारत र चीन बिच लिपुलेक सीमा व्यापार खोल्न सहमति

काठमाडौं । भारत र चीनले मंगलबार द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउन र तनाव कम गर्न व्यापक प्रयासको एक भागको रूपमा तीन तोकिएका पासहरू मार्फत सीमा व्यापार पुनः खोल्न र प्रत्यक्ष उडान सम्पर्क पुनः सुरु गर्न सहमति जनाएका छन् ।
भारतिय सञ्चार माध्यम टाइम्सअफ इन्डीयाले भारतको दुई दिने भ्रमणमा रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिनियाँ विदेशमन्त्री वाङ यीको सह–अध्यक्षतामा सीमा प्रश्नमा विशेष प्रतिनिधिहरूको २४ औं चरणको वार्तापछि यी निर्णयहरू घोषणा गरिएको उल्लेख गरेको छ ।
उनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीनमा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनको लागि निमन्त्रणा समेत हस्तान्तरण गरेका छन् ।
दुईदेश बिच सीमापार आर्थिक गतिविधि बढाउन दुवै पक्षले तोकिएका तीन तोकिएका पासहरू – लिपुलेक, शिपकी ला र नाथु ला मार्फत व्यापार पुनः खोल्न सहमती भएको हो । दुई देशले व्यापार, लगानी प्रवाह र आदानप्रदानलाई प्रवद्र्धन गर्ने र द्विपक्षीय संवाद संयन्त्रहरू पुनः सुरु गर्ने वाचा समेत गरेका छन् ।
नेपालको भुमि लिपुलेकको प्रयोग गर्नेगरी दुई देश बिच व्यापार सहमती भइसक्दा समेत नेपाल बेखबर छ । नेपालले केहि वर्षअघि मात्रै लिपुलेक, कालापानी, लिम्पियाधुरा सहितको नयाँ नक्सा प्रकाशन गरिसकेको छ ।
नेपालको उक्त कद्मलाई वेवास्ता गर्दै आएको भारतले चीनसँग यस्तो सम्झौता गरेर नेपालको भुमि प्रयोग गरेर आफ्नो व्यापर विस्तार गर्ने तयारी गरेको छ । यस सम्बन्धमा हाल सम्म नेपाल सरकारले आफ्नो तर्फबाट कुनैपनि प्रतिक्रिया जनाएको छैन् ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण