३ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति

उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता छैन् : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता नभएको बताएका छन् ।

मंगलबार सांसद्हरुसँग भएको छलफलपश्चात उनले हस्ताक्षर संकलन गरिरहेको अवस्था भएपनि कुनै प्रयोजनको लागि भनेर तय नभएको भन्दै मिडियामा आएका कुराहरु सत्य नभएको बताए ।

उनले भने, ‘हस्ताक्षर संकलन गरिरहेको अवस्था हो । कुनै प्रयोजनको लागि भनेर नै कुनै विषय तय गरेका छैनौ । उपसभामुखको विषयमा हामी निष्कर्षमा पुगेका छैनौ । कुनै छलफल पनि भएको छैन् । यो विषयमा जुन तरिकाले मिडियाहरुमा कुरा आएको छ त्यो सत्य होईन् । उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता हुदैँन् ।’

सोही क्रममा नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले भने महाअभियोग लाग्छ लाग्दैँन् थाहा नभएको भन्दै सबै जनासँग छलफल भईरहेको बताए ।

उनले भने, ‘महाअभियोग दर्ताको कुरामा एक चौथाईले दर्ता हुन्छ बहुमतले निलम्बन हुन्छ । तर महाअभियोग प्रमाणित हुनको लागि दुई तिहाई चाहिन्छ । महाअभियोग लाग्छ लाग्दैन् थाहा छैन् त्यही पनि सबै जना सँग छलफल भयो भने सम्भावना नभएको होईन । छलफल पनि भईरहेको छ ।’

 

 

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।