७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति

पाँच बुँदे आह्वान जारी गर्दै हिन्दुकुश हिमालय सांसद सम्मेलन सम्पन्न

काठमाडौँ, ३ भदौः प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा नेपालमा पहिलो पटक भएको हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदको बैठक पाँच बुँदे आह्वान जारी गर्दै सम्पन्न भएको छ ।

प्रकृतिको संरक्षण, जनताको सशक्तीकरण’ मुल विषयका साथ यही भदौ २ र ३ गते काठमाडौँमा भएको उक्त सम्मेलन आज सम्पन्न भएको हो । यस क्षेत्रका मुलुकका सांसद तथा प्रतिनिधिले काठमाडौँमा सम्पन्न हिन्दुकुश हिमालय सांसद सम्मेलन २०२५’बाट क्षेत्रीय सहकार्यद्वारा जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधता संरक्षणका क्षेत्रमा तत्काल कार्यवाही गर्न आह्वान गरेका छन् । समापन कार्यक्रममा आयोजक समितिका संयोजक तथा समिति सदस्य वीरबहादुर बलायरले बैठकको निष्कर्ष बारे जानकारी गराएका थिए ।

सम्मेलनले साझा पारिस्थितिक, सामाजिक तथा आर्थिक महत्व बोकेको हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कट, प्रदूषण र जैविक विविधताको क्षति समुदाय र पारिस्थितिकी प्रणालीका लागि गम्भीर चुनौती भएको निष्कर्ष निकालेको छ ।

त्यस्तै सम्मेलनले भावी पुस्ताको सुरक्षित भविष्यका लागि जलवायु सहनशीलता, स्वच्छ वायु र जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ । साथै सांसदहरूको विधायिकी भूमिकालाई प्रभावकारी बनाउँदै क्षेत्रीय एकता, समावेशी विकास र दिगोपनाका लागि सहकार्य गर्न आह्वान गरिएको छ ।

पाँच बुँदे आह्वानमा हिन्दुकुश हिमालय सांसद सम्मेलनलाई नियमित आयोजना गर्ने, क्षेत्रीय संवादका लागि हिन्दुकुश हिमालय सांसद मञ्च’ स्थापना गर्ने सम्भावना खोज्नेलगायत विषय उल्लेख छन् । साथै जलवायु परिवर्तन, जैविक विविधता र वायु गुणस्तरसँग सम्बन्धित नवीनतम वैज्ञानिक प्रमाण, अनुभव र उत्कृष्ट अभ्यास आदान–प्रदान गर्ने, सांसदहरूको निगरानी भूमिकालाई सबल बनाउने तथा दोस्रो सम्मेलनलाई आपसी सहमति अनुसार उपयुक्त मिति र स्थानमा आयोजना गर्ने उल्लेख छ ।

हिन्दुकुश हिमालय क्षेत्रमा अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान पर्दछन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।