७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति

कांग्रेस सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईयो

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ ।

मंगलबार सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईएको काङ्ग्रेस सांसद सीता मिजारले जानकारी दिएकी छन् ।

उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुन सक्ने बताएकी छन् । सांसदहरूलाई १२ बजेभित्र दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने गरि बोलाइएको छ ।

उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।