४ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

ट्रम्प र जेलेन्स्की बिच ह्वाइट हाउसमा द्विपक्षीय भेटवार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार ह्वाइट हाउसमा द्विपक्षीय भेटवार्ता गरेका छन् ।

जेलेन्स्कीसँगको बन्द कोठाको बैठक अघि ट्रम्पले पत्रकारहरूलाई भने कि उनी विश्वास गर्छन् कि राष्ट्रपति भ्लादिमिर पुटिन रुस–युक्रेन द्वन्द्वको अन्त्य चाहन्छन् र शान्ति कायम राख्न युक्रेन र सबै पक्षहरूसँग मिलेर काम गर्नेछन् ।

ट्रम्पले युक्रेन संकट समाधान गर्न प्रगति भइरहेको र युक्रेनले माग गरेको सुरक्षा ग्यारेन्टी हुने बताएका छन् । ट्रम्पले ह्वाइट हाउसमा भएको आफ्नो वार्तापछि पुटिनलाई फोन गर्ने योजना बनाएको पनि बताए, यदि सबै कुरा राम्रो भयो भने अमेरिका, रुस र युक्रेन बीच त्रिपक्षीय बैठक हुनेछ ।

ट्रम्पसँगै पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले भने कि उनी कूटनीतिक तरिकाले द्वन्द्व अन्त्य गर्ने विचारलाई समर्थन गर्छन् र उनी त्रिपक्षीय बैठकको लागि तयार छन् । युरोपेली नेताहरू – नेटो महासचिव मार्क रुट, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, बेलायती प्रधानमन्त्री केयर स्टारमर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टब, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन – पनि सोमबार बिहान ह्वाइट हाउस आइपुगेका थिए । उनीहरूले सोमबार दिउँसो ट्रम्प र जेलेन्स्कीसँगको बहुपक्षीय बैठकमा भाग लिए ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण