२९ माघ २०८२, बिहीबार
खेलकुद समाचार

नेपाल औंषधी तथा बिक्री प्रतिनिधि संघको १०औं काठमाडौं फुटसल कप सम्पन्न, एसियनले जित्यो उपाधि

काठमाडौं । नेपाल औंषधी तथा बिक्री प्रतिनिधी संघद्वारा आयोजित १० औं काठमाडौं फुटसल कप सम्पन्न भएको छ ।

संघको ५६ औं स्थापना दिवसको अवसरमा आयोजना गरीएको उक्त फुटसल कपको उपाधी एसियन फर्मासिटिकल्सले जितेको छ । टिम एनालियाले भने उपविजेताको रूपमा चित्त बुझाएको छ ।

१० ओटा टिम सहभागि रहेको प्रतियोगितामा फाईनलको यात्रा तय गरेको एसियन फर्मासिटिकल्स र टिम एनालियाले खेलको निर्धारित समय १–१ गोलको बराबरीमा खेलेपछि टाईब्रेरमार्फत ४–३ को नतीजामा एसियनले जित हात पारेको थियो । जितसॅंगै बिजेता एसियन फर्मासिटिकल्सले नगद ३० हजार पाए भने उपबिजेता टिम एनालियाले २० हजार पाए ।

प्रतियोगिताको निजिक श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए भने उत्कृष्ट खेलाडी दिनेश बोहरा घोषित भए । त्यस्तै बेस्ट डिफेन्डरको उपाधी भोला गुरूङले पाए भने सर्वाधिक गोलकर्ताको उपाधी मनीष बासीले पाए।

बिजेता र उपबिजेता दुबै टिमलाई प्रमुख अतिथी युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले यस किसिमको फुटसल आयोजनाले स्थानीयस्तरमा खेलाडी उत्पादनमा महत्वपुर्ण योगदान पुर्याएको बताए । उनले बिजेता र उपबिजेता टिमलाई बधाई दिदै यस किसिमको प्रतियोगिता आयोजना गरेकोमा आयोजक टिमलाई पनि धन्यवाद दिए ।

कार्यक्रममा प्रतियोगिता ब्यस्थापनमा महत्वपुर्ण योगदान पुर्याउने बादल अधिकारी, मनोज शाह र विमल चौधरीलाई सम्मानसमेत गरिएको संघको काठमाडौं युनिटका अध्यक्ष तथा प्रतियोगिताका संयोजक कोषराज अवस्थीले बताए । उनले प्रतियोगिता सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण टोली, खेलाडी, व्यवस्थापक, अतिथि र महानुभावलाई धन्यवाद ज्ञापन गर्दै यस्ता गतिविधिले आपसी एकता र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

समापन कार्यक्रममा बिशिष्ट अतिथीको रूपमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, संघका केन्द्रीय अध्यक्ष श्याम मण्डल, अन्य अतिथीहरूमा एप्पोन मार्केटिङ् सर्कल प्रमुख दिपेश प्रधान, पिडिएनका केन्द्रीय अध्यक्ष गणेश नेपाल, चन्द्रागिरी वडा नं. ९ का वडा अध्यक्ष अच्युत अधिकारी, वडा नं. ८ वडा अध्यक्ष प्रलाद रिजाल, वडा नं. १५ का वडा अध्यक्ष घनश्याम लुइटेल, वडा नं. १३ का वडा अध्यक्ष श्री कृष्ण खत्री, संघको पूर्व केन्द्रिय कोषाध्यक्ष रुक्मणी शर्मा, समाजसेवी धर्मानन्द श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected