७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति

नेपाल बाल संगठन पुनर्जीवित गर्न जोड

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल बाल संगठनलाई नयाँ ढङ्गले पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन् ।

विहीबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले बाल संगठनलाई सक्रिय बनाएर बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताए ।

मुख्यमन्त्री कार्कीले नेपालमा संस्थाहरू खोलिने तर त्यसलाई ध्यान नदिइने प्रवृत्तिको आलोचना गर्दै पुराना संरचनाहरू पुनर्संरचना गरेर क्रियाशील बनाउनुपर्ने आवश्यकता औल्याएका छन् । उनले भनेका छन्,‘संरचनाहरू छन् तर त्यसले रिजल्ट दिएको छैन । अब पुनर्संरचना गरेर अगाडि बढ्नुपर्छ ।’

बालबालिका हाम्रो भविष्य भएको उल्लेख गर्दै उनले उनीहरूलाई असल संस्कार र समाजप्रति उत्तरदायी बनाउन संगठनको भूमिका महत्वपूर्ण हुने पनि बताए।

साथै, बाल संगठनको भौतिक संरचना र सम्पत्तिको अध्ययन गरी यथार्थ विवरण तयार गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको र त्यसको आधारमा आगामी नीति तथा कार्यक्रम बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल बाल संगठनकी केन्द्रीय अध्यक्ष विद्या न्यौपानेले संगठनको वर्तमान अवस्था र चुनौतीहरूबारे जानकारी गराएकी थिइन् । मुख्यमन्त्री कार्कीले संघीय सरकारसँगको समन्वयमार्फत मात्रै बाल संगठनलाई अघि बढाउन सकिने पनि उल्लेख गरे ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।