Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एकीकृत समाजवादी निर्णायक शक्ति हो, सानो पार्टी होइन् : अध्यक्ष नेपाल

रातो कागज
6 घण्टा अघि

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी सानो नभइ शक्तिशाली पार्टी भएको दाबी गरेका छन् ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) उद्योग व्यवसायी जिल्ला कमिटी काठमाडौंको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले सात प्रदेशमध्ये तीन प्रदेशमा मूख्यमन्त्री बनाउन सफल रहेको भन्दै आफ्नो पार्टी सानो नभएको बताएका हुन् ।

उनले भने, ‘पार्टी सानो छ भन्ने के शब्दको प्रयोग गरेको होला भन्ने लाग्छ । यदी हामी सानो हौं भने एउटा मात्र सांसद, प्रदेश सदस्य, एक मात्र पालिकाको मेयर, वडा अध्यक्ष मात्रै जितेको पार्टी कस्तो हो त । त्यो चाहीं महासानो भन्ने हो र । तीन वटा प्रदेशको मूख्यमन्त्री हामीले नै बनायौं । बाग्मतीमा मूख्यमन्त्री बनायौ, कोशीमा राजेन्द्र राईलाई मूख्यमन्त्री बनायौं । सुदुरपश्चिममा मूख्यमन्त्री बनायौ । हैसियत र शक्ति भएर नै हामीले निर्णायक भूमिका निर्वाह गर्यौं । मुख्यमन्त्री वा मन्त्रीहरु बनायौं । हैसियत र शक्ति नभएको भए त्यो नहुन सक्थ्यो ।’

उनले पार्टी सिद्धियो भन्ने हल्लाको पछि नलाग्न समेत आफ्ना कार्यकर्तालाई आग्रह गरे ।

‘बाहिर बजारमा कसैले केही प्रचार गरेपनि कागले कान लग्यो भनेर कागको पछि कुद्ने होइन । सबैभन्दा पहिले आफ्नो कान छाम्ने हो । पार्टी सिद्धियो भनेर भने पनि पार्टीका यत्रा गतिविधिहरुले बताइरहेको छ । दुनियाँले पत्याइरहेको छ,’ उनले भने ।

यस्तै, एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले देखावटी नगरी पार्टीलाई सुढृण गर्नुपर्ने बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया