१२ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाज

प्राविधिक शिक्षामा नेपाली सेनाले चाँगुनारायणवासीलाई छात्रबृत्ति प्रदान गर्ने

भक्तपुर, २३ साउनः नेपाली सेनाले खरिपाटीस्थित आफ्नो कलेजमा प्राविधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको प्रस्तावका आधारमा खरिपाटीस्थित नेपाली सेना इएमई पोलिटेक्निक महाविद्यालयले डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ विषयमा अध्ययनका लागि चाँगुनारायण वासीलाई छात्रबृत्ति उपलब्ध गराउने सहमति भएको हो ।
चाँगुनारायण नगरपालिका कार्यालयमा नगरपालिका र महाविद्यालयबीच चार जनालाई छात्रबृत्ति उपलब्ध गराउने विषयमा सातबँुदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नगरपालिकाकोतर्फबाट प्रमुख खत्री र प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ तथा महाविद्यालयकोतर्फबाट प्राविधिक प्रमुख सेनानी अनुप डङ्गोलले समझदारी पत्रमा हस्ताक्षर गरेको नगर कार्यालयले जनाएको छ ।
हस्ताक्षरपछि आजै नगरप्रमुखले दुवैपक्षबीच भएको सहमतिअनुसार चाँगुनारायण नगरपालिकाबाट डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ कार्यक्रमका लागि छनोट हुने प्रत्येक विषयमा एक÷एक जना विद्यार्थीलाई ५० प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने गरी पूर्ण छात्रबृत्ति प्रदान गरिने सहमति भएको बताए ।
महाविद्यालयले दुवै विषयका लागि चाँगुनारायण नगरपालिकालाई थप कोटा उपलब्ध गराउने सहमति भएको जानकारी दिँदै उनले थप कोटामा अरु स्थानीयलाई यसै वर्षदेखि अध्यापन गराइने जानकारी दिए ।
महाविद्यालयले भर्नाका लागि आवेदन खुला गरेको छ । छात्रबृत्तिका लागि नगरपालिका आफैँले सूचना प्रकाशित गरी आवेदन माग गरेको हो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व