२९ माघ २०८२, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै, १५ छात्र टिमको सहभागिता रहने                 

काठमाडौं । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा पहिलोपटक आयोजना गरिने ‘आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता’ सोमबारदेखि सुरू हुँदैछ। चारदिने यो प्रतियोगिता सानेपामै रहेको रेडियन्ट क्रिकेट एकेडेमीको मैदानमा हुनेछ ।

प्रतियोगितामा आयोजक एकेडेमीका दुई टिमसहित कुल १५ छात्र टिमको सहभागिता रहनेछ। एकेडेमीका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराउँदै सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट प्रारूपमा खेल संचालन गरिने बताए।

समूह ‘ए’ मा एलआरआई, डिएभी, संस्कृति र ब्लु बर्ड रहेका छन् भने समूह ‘बी’ मा अपी, ग्यालेक्सी, मनकामना र विश्व निकेतन प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, समूह ‘सी’ मा भ्याली पब्लिक, गेट्वे, मोक्षदा र रेडियन्ट ‘बी’ रहेका छन् भने समूह ‘डि’ मा बालकुञ्ज, मृगसिरा वल्र्ड स्कूल र आयोजकको अर्को टिम रेडियन्ट ‘ए’ रहेका छन्।

प्राविधिक प्रमुख रविन्द्र गुप्ताका अनुसार खेल १० ओभरको हुनेछ। प्रत्येक टिममा १० खेलाडी रहने र आठ जना खेलाडीले मैदानमा खेल्ने व्यवस्था मिलाइएको छ।

प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालनका लागि करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगिता संयोजक तथा संस्थापक प्रिन्सिपल ढुंगानाले विद्यार्थीलाई अध्ययनसँगै खेलकुदमा पनि प्रोत्साहन गर्न रेडियन्टले निरन्तर पहल गर्दै आएको बताए ।

उनले क्रिकेट प्रतियोगिताले खेलको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा प्रतियोगितालाई अझ व्यापक बनाउने योजना रहेको जानकारी दिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected