२३ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार राजनीति

राष्ट्रिय सभा चुनाव : उम्मेदवारी दर्ता पुस २३ गते

१७ मंसिर, काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता तय गरेको छ ।

आइतबार आयोगले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो ।

यस्तै मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्‍मेदवारले नाम फिर्ता लिने पुस २७ गतेपछि उम्‍मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने आयोगले जनाएको छ ।

यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते विहान १० बजेदेखि १ बजेसम्‍म उपलब्ध गराउने आयोगले जनाएको छ ।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।