१२ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति

राजनीति सेवाका लागि हो भन्ने भावना हुनुपर्छः कावा प्रधानमन्त्री सिंह

गण्डकी, १९ साउनः कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राजनीति सेवाका लागि हो भन्ने भावना हुनु जरुरी रहेको बताएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्वले जनताको मन जित्न सक्नुपर्ने बताए ।
नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गरेका सन्दर्भमा पार्टीका महाधिवेशन, महासमिति, पालिका आदिमा नेतृत्व चयनमा बुझेका र योगदान गर्नसक्ने व्यक्तिलाई छनोट गर्नुपर्ने उनको भनाइ छ ।
पार्टीबाट लिनेभन्दा पनि योगदान गर्नसक्ने व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने उल्लेख गर्दै उनले जिम्मेवारी र इमान्दारिता आत्मसात् गर्नसक्ने व्यक्तिलाई अवसर दिनुपर्ने आवश्यकता औँल्याए।
नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान गठबन्धन सरकार समय परिस्थितिले गठन भएको उल्लेख गर्दै उनले सरकारमा जानु भनेको जनताका एजेन्डा उठान गर्नका लागि भएको धारणा राखे ।
पार्र्टीलाई नियमसङ्गत ढङ्गले संस्थागत गर्नुपर्ने उल्लेख गर्दै उहाँले पार्टी बलियो भयो भने पार्टीका स्थापनाकालीन सपनालाई पूरा गर्न सहयोग पुग्ने बताउनुुभयो ।
हरेक प्रजातान्त्रिक आन्दोलनले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्नु जरुरी भएको उनको भनाइ छ । हामीले परिवर्तनबाट प्राप्त गरेका अधिकारको मूल्य बिर्सन नहुने बताउँदै उनले मूल्यमान्यताको राजनीतिबाट विमुख बन्न नहुने बताए।
नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीका ऐतिहासिक विरासतलाई विर्सदै जाँदा पार्टी सङ्गठन कमजोर बनिरहेको बताए । पछिल्लो समयमा भ्रष्टाचार बढिरहेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणसँगै जनताको अपेक्षालाई सम्बोधन गर्ने ढङ्गबाट सरकार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।