२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

युरोकपको ड्र सार्वजनिक, स्पेन र इटली एकै समूहमा

१७ मंसिर, काठमाडौं । अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ को ड्र सार्वजनिक भएको छ ।

गएराति भएको ड्र अनुसार साविक विजेता इटली र स्पेन एकै समूहमा परेका छन् । इटली र स्पेनसहित क्रोएसिया र अल्बानिया समूह ‘बी’ मा छन् ।

इटलीले युरो २०२० को फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टीसुटआउटमा हराएर उपाधि जितेको थियो ।

युरोकपमा कूल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् र उनीहरुलाई ६ समूहमा विभाजन गरिएको छ ।

आयोजक जर्मनी समूह ‘ए’ मा छ । यस समूहमा स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड पनि छन् ।

यस्तै समूह ‘सी’ मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इंग्ल्याण्ड छन् ।

फ्रान्स, नेदरल्याण्ड्स र अष्ट्रिया समूह ‘डी’ मा छन् । यस समूहको अर्को टिमको टुङ्गो प्लेअफ खेलपछि हुनेछ । प्लेअफ ‘ए’ को विजेता यस समूहमा पर्नेछन् ।

यस्तै समूह ‘ई’ मा बेल्जियम, रोमानिया र स्लोभाकिया छन् भने प्लेअफ ‘बी’ को विजेता यस समूहमा पर्नेछ ।

यसैगरी समूह ‘एफ’मा टर्की, पोर्चुगल र चेक रिपब्लिक छन् भने प्लेअफ ‘सी’ को विजेता यस समूहमा पर्नेछ ।

प्लेअफ ‘ए’ मा पोल्याण्ड, वेल्स, फिनल्याण्ड र इस्टोनिया, प्लेअफ समूहमा ‘बी’ मा इजरायल, बोस्निया एण्ड हर्जगोभिना, युक्रेन र आइसल्याण्ड तथा प्लेअफ ‘सी’ मा जर्जिया, ग्रीस, कजाखस्तान र लक्जेमवर्ग छन। तीनवटै समूहको विजेता मात्र युरो कपमा पुग्नेछन् ।

युरोकप २०२४ को उद्घाटन खेल घरेलु टोली जर्मनी र स्कटल्याण्डबीच हुनेछ । यो खेल जुन १४ मा म्युनिखस्थित एलिएन्ज एरेनामा हुनेछ । यस्तै फाइनल खेल जुलाई १४ मा बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected