Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

धिरज र उपासनाको ‘जलाकी’ पोस्टर रिलिज

नेपाल न्युज बैंक
4 घण्टा अघि

काठमाडौं । सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरको नयाँ सिनेमा ‘जलाकी’ पोस्टर सार्वजानिक गरिएको छ । सोमबार अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गर्दै दुई पोस्टर समेत रिलिज गरिएको हो ।

सिनेमाको सार्वजनिक पोस्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन् । यो सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेव्यु गर्दैछिन् ।

सिनेमा ‘जलाकी’को गत चैत्रमा केही दिन छायांकन समेत भैसकेको छ भने आउने असोज २१ गतेबाट सिनेमाको दोस्रो चरणको छायांकन तयारी चलिरहेको छ ।

सिनेमा ‘खुस्मा’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी उपासना सिंह ठकुरी यस सिनेमा पनि मुख्य भूमिका रहनेछिन् । उनले यो सिनेमामा अभिनेता धिरज मगर र सोनम तोप्देनसँग स्क्रिन सेयर गर्दैछिन् । ‘खुस्मा’मा पनि उनको जोडी धिरज मगरसँग नै बाँधिएको थियो । त्यसैले पनि यो जोडीको ‘जलाकी’ दर्शकको प्रतिक्षामा रहने देखिन्छ ।

सिनेमा ‘जलाकी’ त्रिकोणात्मक प्रेम कथामा आधारित शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) रहेका छन् । अन्य कलाकारहरुको छनौट कार्य भैइरहेको निर्माण टिमले जानकारी दिएको छ ।

रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भु–भाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो सिनेमाले मगर र गुरुङ समुदायको सँस्कृतीलाई झल्काउने छ । सिनेमाका निर्माताहरुमा ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेका सिनेमाको डिओपीमा शैलेन्द्र डी कार्की, लाइन प्रोडुसरमा राजु रेग्मी मगर र मुख्य सहायक निर्देशकमा महेश बराल तथा एसडी योगी र सरित राईको संगीत अनि सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ ।

निर्देशक अशोक थापा मगरको डेव्यु निर्देशकिय सिनेमा ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्न समेत सफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया