२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नयाँ विद्रोहको तयारीमा छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन् ।
आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरुले पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने र जालझेलहरु भइरहेको बताए ।
उनले भने,‘हामी शान्ति सम्झौतामा आउँदादेखि नै प्रतिक्रियावादीहरुले हाम्रो पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने,जालझेलहरु गर्ने र लगानी गर्ने जस्ता काम गर्दै आएका छन् ।’
त्यस्तै उनले प्रतिक्रियावादीलाई परास्त गर्न एकपटक फेरि नयाँ विद्रोहको आवश्यकता रहेको बताउँदै त्यसको तयारी पार्टीले गरिरहेको बताए ।
उनले भने,‘एकचोटि फेरि नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अगाडि बढ्दै छौ । नयाँ खालको विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पकासाथ हिडिरहेको छौं । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो । र यसको तयारी पनि गरिरहेको छु ।’
उनले सबै जिल्लामा हजारौंको संख्यामा सहिदहरुको रगत बगेको बताउँदै अध्यक्ष प्रचण्डले अहिले त्यसको महानता र कृतिलाई अपमानित गर्न ठूलो कसरत भइरहेको बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।